मलद्वारमा लुकाएर सुन ल्याउने विमानस्थलबाट पक्राउ

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

अवैधरुपमा ल्याएको सुनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ परेका छन ।

पक्राउ परेका तीन जना मध्ये दुबईबाट काठमाडौं फर्केका एकजनाले मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएको विमानस्थल कार्यालयले जनाएको छ।। बेलनाकार बनाएको अर्धठोस सुनसहित उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भएका ३९ वर्षका दावाछिरिङ शेर्पा छन् । बुधवार उनी एयर अरेबियाको विमानमार्फत काठमाडौं आएका थिए । ५० ग्रामको दरले सुन लिएर आएका थप दुई जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले बताए छ ।

५० ग्राम सुन ल्याउनेमा रौतहट घर भएका सुनिलकुमार शाह र मकवानपुर घर भएका नवराज परियार छन् । हिमालय एयरलाइन्सबाट काठमाडौं आएका सुनिलकुमार शाहको साथबाट प्रहरीले ४ थान आइफोन पनि बरामद गरेको छ । उनीहरुलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको बताइएको छ।

  • २० माघ २०७८, बिहीबार १६:१२ प्रकाशित