प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनका लागि गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

त्यसैगरी बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ।

  • २४ असार २०८३, बुधबार १५:४१ प्रकाशित