एसियाली विकास बैंकका अध्यक्ष कान्डाले गरे प्रधानमन्त्री शाहसँग भेट

केन्द्रभाग मिडिया

प्रधानमन्त्री वालेन्द्र शाहसँग आज एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री शाहले विदेशी प्रतिनिधिसँग एक्लै भेट गरेको यो नै पहिलो पटक हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सो भेटवार्तामा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणका क्षेत्रमा कुराकानी केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिईन् ।

हाल नेपाल भ्रमणमा रहेका कान्डाले सोमबारमात्र अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए । सोमबार नै नेपाल सरकार र एडिबीबीच करिब रु २५ अर्ब अर्थात् १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो । रासस

  • २३ असार २०८३, मंगलवार १३:१५ प्रकाशित