आज कति छ सुनको भाउ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

मंगलबार सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८९ हजार ४ सय रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ तोलामा २ लाख ७७ हजार ९ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ५८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५५५ रुपैयाँमा झरेको छ । यसअघि गत मंगलबार चाँदी ४ हजार २८५ रुपैयाँ थियो ।

  • २३ असार २०८३, मंगलवार ११:३७ प्रकाशित