आज सामान्य अङ्कले घट्यो नेप्से

केन्द्रभाग मिडिया

काठमाडौं।

साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ। बुधवार र बिहीबारका दुई कारोबार दिन नेप्से बढेर बन्द भए पनि आज सामान्य अङ्कले घटेको छ ।

शुक्रबार नेप्से परिसूचक ८.३० अङ्क घटेर २ हजार ६५३.४० विन्दुमा झरेको छ । आज कारोबारमा आएका ३४५ कम्पनीको ८५ लाख ८४ हजार कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्से घटे पनि कारोबार रकम भने वृद्धि भएको छ । बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

  • १९ असार २०८३, शुक्रबार १५:४८ प्रकाशित