खड्का निवासमा आज दिउँसो कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक बोलाएका छन् ।उनले निवर्तमान सभापति शेरबहादुर देउवानिकट रहेका नेताहरूसँग छलफलका लागि समूहको बैठक बोलाएका हुन् ।

बैठक गल्फुटारस्थित खड्का निवासमा शुक्रबार दिउँसो २ बजे बस्ने एक पूर्वपदाधिकारीको सचिवालयले जानकारी दिएको छ ।स्रोतका अनुसार बैठकमा समूहले सम्पन्न गरेको प्रदेशस्तरीय भेलाको समीक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ ।

गल्फुटार बैठकमा खड्काले नेतृत्व गरेको समूहको राष्ट्रिय भेलाबारे पनि छलफल हुने बताइएको छ। क्रियाशील सदस्यता अद्यावधिकको विपक्षमा रहेको खड्का समूहले अन्तिम भेला १६ असारमा लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गरेको थिए ।

त्यसअघि विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय भेलामा कांग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालालाई प्रमुख अतिथि बनाइएको थियो ।

खड्काले बैठक बोलाउनुअघि कांग्रेस नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा। शशांक कोइरालाबीच बिहीबार छलफल भएको थियो ।

यसैबीच देउवानिकट नेताहरूले महाराजगञ्जको चुनदेवीमा सम्पर्क कार्यालय स्थापनाको तयारी गरेका छन् ।सम्पर्क कार्यालयबाट १५ औं महाधिवेशनको तयारीका लागि कामहरू हुने नेताहरूले बताएका छन् ।

  • १९ असार २०८३, शुक्रबार ११:०६ प्रकाशित