कास्की पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषित

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ।

बिहीवार आज जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहका बिच पूर्णखोप सुनिश्चिता घोषणा गरिएको हो।पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम कास्कीले सम्पूर्ण प्रक्रियाहरू पूरा गरेपश्चात सो घोषणा गरिएको जिसस कास्कीले बताएको छ ।

यस अघि कास्कीका सबै पाँच पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए।उक्त अवसरमा प्रमुख पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जन प्रतिनिधिहरू र आम जनसाथले नै अभियान सफल भएको बताए ।

स्वस्थ्य नागरिक नै नेपालको समृद्धिको मुख्य आधार भएको बताउँदै पौडेलले अहिलेका बालबालिकाको स्वास्थ्य अवस्थाका लागि सुरक्षात्मक उपाय खोप नै प्रभावकारी भएको उल्लेख गरे ।

स्वास्थ्य मन्त्रालयका सचिव डा। युवानिधी बसौला ,मन्त्रालयका अतिरिक्त सचिव खिम बहादुर खड्का, जिसस कास्कीका उप प्रमुख सरिता माल , जिल्ला खोप समन्वय समिति सदस्य सचिव मधुरजी ढकाल ,जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले भनाइ राखेका थिए ।

सो कार्यक्रममा अभियान सफल पार्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने तथा सेवा अवकास प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाइ सम्मान समेत गरिएको थियो।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

  • १८ असार २०८३, बिहीबार १५:५४ प्रकाशित