सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।

मन्त्रालयले आईटी तथा डिजिटल नीति विज्ञ डा। अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे, कर्खानाका सहसंस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दिपेश्वरमान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो ।

  • १८ असार २०८३, बिहीबार १३:२८ प्रकाशित