लुम्बिनी प्रदेश सभाको बैठक भोलि दिउँसो १ बजे बस्ने

केन्द्रभाग मिडिया

बुटवल ।

लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत ११औँ बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफलसहित विभिन्न विधेयकमाथि आवश्यक प्रक्रिया अघि बढाइने बैठकको कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश सभा सदस्यहरूले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गर्नेछन् । छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम रहेको छ । साथै, मन्त्री कार्कीले विनियोजन विधेयक प्रदेश सभामा पेश गर्ने कार्यसूची पनि तय भएको छ ।

यस्तै, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ विषयगत समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

  • १६ असार २०८३, मंगलवार १६:३४ प्रकाशित