पेट्रोलको मूल्य वृद्धि विरोधमा उत्रिए विप्लव निकट विद्यार्थी संगठनः टायर बालेर प्रर्दशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

गएराती पुन पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि विप्लव माओवादी निकट विद्यार्थी संगठन विरोधमा उत्रेको छ । विरोधमा उत्रेका विद्यार्थी संगठनले काठमाडौंमा टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले काठमाडौं त्रिचन्द्र क्‍याम्पसअगाडि बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्‍दै देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् ।सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजलरमट्टीतेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको थियो।

  • १९ माघ २०७८, बुधबार १५:३८ प्रकाशित