रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सारियो प्रतिनिधिसभा बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको छ ।

सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।

यसअघि महासचिव पाण्डेले शुक्रबार बिहान सूचना जारी गर्दै शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।

प्रतिनिधिसभा बैठक बिहीबारका लागि आह्वान भएको थियो त्यो बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । रास्वपाको बैठक असार ७ गतेदेखि चितवनमा जारी छ ।

  • १२ असार २०८३, शुक्रबार १६:२९ प्रकाशित