लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सरकारको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं।

सरकारले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ ।

लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै गृहसचिव राजकुमार श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

गृहसचिव श्रेष्ठले लागुऔषध नियन्त्रण र रोकथामका लागि सङ्घ, प्रदेश र स्थानीय तहको कामलाई नीतिगत रूपमा नै जागरूक गराउन उक्त विभाग स्थापना गर्ने तयारीमा सरकार अघि बढेको स्पष्ट पारे । यसका साथै उनले लागुऔषध दुर्व्यसनीको सुधार तथा उपचारका लागि पुनःस्थापना केन्द्र सञ्चालन गर्दा न्यूनतम मापदण्ड पूरा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए । लागुऔषध नियन्त्रण तथा रोकथामको क्षेत्रमा आबद्ध सबै संस्थाहरूलाई सरकारसँग आबद्ध हुन पनि उनले सचेत गराए ।

गृहसचिव श्रेष्ठले प्रदेश र स्थानीय तहलाई पनि लागुऔषध नियन्त्रण तथा रोकथामको अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गरेका छन् ।

  • १२ असार २०८३, शुक्रबार १५:०४ प्रकाशित