काठमाडौं ।
बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.४५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६६० अंकमा कायम भएको छ । नेप्सेको यो अंक ४ महिनाकै न्यून हो । अघिल्लो दिन पनि नेप्से परिसूचक २६.१६ अंक घटेको थियो ।
आजको अंक फागुन १४ यताकै न्यून हो । फागुन १४ गते नेप्से २६५४ अंकमा थियो । आज बजार परिसूचक दिनभरजसो रातो रह्यो । दिउँसो १ बजे नेप्से आजको न्यूनतम अंक २६३४ अंकसम्म झरेको थियो ।
कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१ करोडको भयो । ६२ कम्पनीको मूल्य बढ्दा २०२ को घट्यो भने १० को स्थिर रह्यो ।











