पोखरा ।
पोखराको फेवातालमा पौडी खेल्ने क्रममा पोखरा महानगरपालिका वडा नम्बर १५ रामबजारका १९ वर्षीया अमर थापाको ज्यान गएको छ । थापा हिजो साँझ ७ बजेतिर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
थापाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार राति फेला पारेको हो । घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण हेड क्वाटरबाट गोताखोर सहितको टोली परिचालन भएको थियो । टोलीले तालमा खोजी गर्ने क्रममा करिब २५ फिट गहिराइबाट शव बाहिर निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।











