रास्वपा सभापतिमा रावि लामिछानेले दिए उम्मेद्वारी

केन्द्रभाग मिडिया

काठमाडौ ।

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा उम्मेदवारी दिएका छन् । वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) सभापति राविको प्रस्तावक बसेका छन् ।

चितवनमा जारी महाधिवेशनमा केन्द्रीय सदस्यको मनोनयन फाराम वितरण सुरु भएको छ । रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेताको लागि केन्द्रीय सदस्य निर्वाचित हुन पर्दैन । बाँकी ९९ जना भने केन्द्रीय सदस्य निर्वाचित हुनुपर्नेछ ।

पहिलो चरणको मतदान बुधबार बिहानदेखि सुरु हुने भएको छ । पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ ।

मतदानको समय भने खुलाइएको छैन । मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा गर्ने निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।

  • ९ असार २०८३, मंगलवार २१:०४ प्रकाशित