सेयर बजारमा आज ठुलो गिरावट

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

मंगलबार सेयर बजार करिब ४ महिनाकै न्यूनतम बिन्दुमा झरेको छ । यस दिन नेप्से परिसूचक २६.१६ अंक घटेको हो । अघिल्लो दिन १.४६ अंक घटेको थियो ।

आजको कारोबारपछि नेप्से परिसूचक २६७४ अंकमा कायम भएको छ । यो अंक फागुन १७ यताकै न्यून हो । फागुन १७ गते नेप्से २७७३ अंकमा थियो । आज बजार परिसूचक दिनभरजसो रातो रह्यो । अघिल्ला दिनहरूमा प्रायः एकल अंकमा घटबढ भइरहेको बजारमा मंगलबारको गिरावट दर केही ठूलो हो ।

कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३६ करोडको भयो । जम्मा २२ कम्पनीको मूल्य बढ्दा २३९ को घट्यो भने ११ को स्थिर रह्यो ।

  • ९ असार २०८३, मंगलवार १५:५४ प्रकाशित