अख्तियारले बयानका लागि म्याद तामेली गरेपछि आरजुले पठाइन् इमेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा बयान लिन भन्दै घरमा म्याद तामेल गरेपछि पूर्वमन्त्री आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेल पठाएकी छिन् ।

अख्तियार स्रोतका अनुसार आरजु राणा देउवाको नामबाट बुधबार अख्तियारको इमेल आइडीमा मेल आएको हो । स्रोतका अनुसार मेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने व्यहोरा उल्लेख गरिएको छ ।

अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उपचारको कारण देखाएर तत्कालै उपस्थित हुन नसक्ने भन्दै आरजुको नामबाट इमेल आएको बताइएको छ ।
पासपोर्ट खरिद प्रकरणकमा अनुसन्धान अघि बढाएपछि अख्तियारले आरजुको बूढानीलकण्ठस्थित घरमा म्याद तामेल समेत गरेको थियो । जहाँ बाटोको म्याद बाहेक तीन दिनभित्र उपस्थित हुन भनिएको छ ।

  • ४ असार २०८३, बिहीबार १५:५१ प्रकाशित