काठमाडौं ।
नेपाली चलचित्रका लेखक, निर्माता र निर्देशक समेत रहेका कृष्ण चापागाईँको निधन भएको छ । पछिल्लो समय अमेरिका रहँदै आएका उनको आज उपचारको क्रममा निधन भएको अमेरिका निवासी निर्देशक सुमन दाहालले बताए ।
केही दिनअघि स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा निधन भएको हो । चापागाईँको निधनप्रति सामाजिक सञ्जालबाट विभिन्न कलाकर्मीले शोक व्यक्त गरिरहेका छन् ।
उनले इज्जतदार, निखिल दाइ, एक नजर लगायतका फिल्म निर्देशन गरेका छन् ।












