सुर्खेत ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटनामा परेको छ । सोमबार दिउँसो १२ बजेपछि दैलेखको भैरवी गाउँपालिकाको कालगौँडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकायाले बताए ।
दुर्घटनामा केही व्यक्तिको घटनास्थलमै ज्यान गएको बताइएको छ तर यकिन विवरण आइसकेको छैन । साथै केही घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको रोकायाले बताए ।











