कालिकोट जाँदै गरेको जिप दैलेखमा दुर्घटना : थप विवरण आउन बाँकी

केन्द्रभाग मिडिया

सुर्खेत ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटनामा परेको छ । सोमबार दिउँसो १२ बजेपछि दैलेखको भैरवी गाउँपालिकाको कालगौँडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकायाले बताए ।

दुर्घटनामा केही व्यक्तिको घटनास्थलमै ज्यान गएको बताइएको छ तर यकिन विवरण आइसकेको छैन । साथै केही घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको रोकायाले बताए ।

  • १८ जेष्ठ २०८३, सोमबार १३:४६ प्रकाशित