पोखरामा पर्यटकको चहलपहल, होटल अकुपेन्सी ९० प्रतिशत

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा र आसपासका क्षेत्रमा पर्यटकको चहलपहल बढको छ । चार दिन लामो सार्वजनिक बिदा परेको र भारतीय पर्यटकको समेत उल्लेख्य आगमनले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल बढेको हो ।

होटल संघ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार लेकसाइट र आसपासका पर्यटकीय स्तरका होटलको अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको पुगेको छ।

‘यतिबेला पर्यटकको चहल पहल बढेको छ । चार दिन लामो विदा मनाउन आएका आन्तरिक पर्यटक र भारतीय पर्यटकको आगमन बढेको छ’, उनले भने, ‘पोखरासँगै आसपासका गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।’

सरकारले हप्तामा दुई दिन बिदा दिन सुरु गरेपछि आन्तरिक पर्यटन गतिविधि बढेको र अहिले लगातार चार दिन विदा हुँदा त्यसको सकारात्मक प्रभाव पर्यटन क्षेत्रमा परेको अध्यक्ष सुवेदीले बताए । सरकारको उक्त निर्णयबाट पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न मद्दत पुग्ने उनको भनाइ छ । मनसुन भित्रिनुपूर्वको यो याममा पोखरामा भारतीय पर्यटकको सङ्ख्या बढ्ने गरेको छ । झरी परिरहने पोखरा गर्मी छल्ने गन्तव्यका रूपमा भारतीयहरूको रोजाइमा पर्ने गरेको छ ।

चैतदेखि जेठसम्मको समयलाई पदयात्राका लागि पनि उपयुक्त मानिन्छ । यो दोस्रो मुख्य पर्यटकीययाम पनि हो । पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथका लागि पुग्ने गरेका छन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् ।

  • १६ जेष्ठ २०८३, शनिबार १९:४३ प्रकाशित