सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ ।

२४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १६ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिए ।

पछिल्लो समय अभियान कास्कीका गाउँपालिकामा केन्द्रीत बनेको छ । संघले कास्कीको मादी गाउँपालिका वडा नं ३ याङ्जाकोट स्थित सीताराम मावि र वडा नं ४ तारकाङस्थित ध्रुव माविमा अभियान संचालन गरेको छ ।

सीताराम माविमा आयोजित कार्यक्रम मादी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विकास गुरुङ र ध्रुव माविमा आयोजित कार्यक्रम मादी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शिव प्रसाद सापकोटाले शुभारम्भ गरेका थिए ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गरेका थिए ।नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले सञ्चालन गरेका थिए ।

  • ८ जेष्ठ २०८३, शुक्रबार १७:१३ प्रकाशित