काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि मतदान जारी रहेको छ । आजका लागि निर्धारित कार्यक्रम अनुसार केही बेरअघि मतदान सुरु भएको हो ।
महासङ्घमा वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई र सुरकृष्ण वैद्यले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेल उम्मेदवार बनेका छन् ।


















