वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिलालाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गर्ने जानकारी दिएको हो ।

नगर प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । डाले डोकोमा काफल (फल) बोकेर बेच्दै हिँड्दै गरेकी महिलामाथि दुर्व्यवहार भएको हो ।

सामाजिक सञ्जालमा आएको उक्त भिडियो वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिकको र खिचिएको भनिएको छ । घटना मङ्गलवार साँझपखको भएको बताइएको छ ।

  • ६ जेष्ठ २०८३, बुधबार १६:५७ प्रकाशित