राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गर्ने तय भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश पेस गर्ने निर्णय गरेको हो ।

बैठकले आजदेखि प्रारम्भ हुने राष्ट्रियसभाको २१औँ अधिवेशनको कार्यसूची तयार गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारी, राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायत सहभागी रहेका थिए । रासस

  • २८ बैशाख २०८३, सोमबार १३:५७ प्रकाशित