दुर्गा प्रसाईं पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई सोमबार साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

साइबर ब्युरोको टोलीले प्रसाईंलाई सोमबार पक्राउ गरेको जनाइएको छ । यसअघि पनि प्रसाईं विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए ।

प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १२ आश्विन २०८३, सोमबार १३:२६ प्रकाशित