मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव भेटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् ।नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)ले थप दुई शव फेला पारेको हो ।

एनएनएमजीएका अनुसार आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो । यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।

यससँगै हिमलुङ हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।एसोसिएसनले खोज तथा उद्धारको काम निरन्तर जारी राख्ने समेत बताएको छ ।

  • १२ आश्विन २०८३, सोमबार १३:३२ प्रकाशित