काठमाडौँ ।
टर्किस एयरको जहाज रनवेबाट हटाएसँगै त्रिभुवन विमानस्थलमा जहाज उडान-अवतरण सुचारु भएको छ ।
सोमबार बिहान पौने सातबजेतिर इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको टिके ७२६ जहाजको पाङ्ग्रामा आगो देखिएपछि विमानस्थल बन्द गरिएको थियो ।
विमानस्थल बन्द हुँदा केही विमान डाइभर्ट भएका र बिहान सवा ८ बजेदेखि विमानस्थल फेरि सूचारु गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको हो ।
दमकलको सहायतामा आगो निभाइएको छ भने विमानलाई पनि रनवेबाट पार्किङमा लगिएको छ ।
विमानमा सवार सबै यात्रु भने सकुशल रहेका रहेका थिए ।
ल्यान्ड गर्ने क्रममा राइटसाइडका ह्विलहरूमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन ।
विमानमा आगो लागेपछि सबै यात्रुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो। विमानमा चार जना बालबालिकासहित २७७ जना यात्रु सवार थिए। जसमा ११ जना चालक दलका सदस्य हुन् ।













