कांग्रेस सभापतिमा गगन थापा फराकिलो मतान्तरले विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी भएका छन् । काठमाडौंमा जारी कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा थापा फाराकिलो मतान्तरले विजयी भएका हुन् ।

सभापतिमा निर्वाचित थापाले ६ हजार ५ सय ८४ मत प्राप्त गरेर विजयी हुँदा सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले जम्मा ३ सय ७५ मत प्राप्त गरे ।

कुल ७ हजार ३९ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ । थापालाई निर्विरोध बनाउन प्रयास गरिए पनि खड्गी तयार नभएकोले रोकिएको थियो ।

सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठोरलाई भने थापालाई निर्विरोध बनाउने भन्दै फिर्ता गराइएको थियो । बाँकी पदाधिकारीको भने मतगणना सुरू हुँदैछ ।

  • २४ आश्विन २०८३, शनिबार ०८:४९ प्रकाशित