टर्किस एयरको जहाज रनवेबाट हटाएसँगै उडान-अवतरण सुचारु

केन्द्रभाग मिडिया

काठमाडौँ ।

टर्किस एयरको जहाज रनवेबाट हटाएसँगै त्रिभुवन विमानस्थलमा जहाज उडान-अवतरण सुचारु भएको छ ।

सोमबार बिहान पौने सातबजेतिर इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको टिके ७२६ जहाजको पाङ्ग्रामा आगो देखिएपछि विमानस्थल बन्द गरिएको थियो ।

विमानस्थल बन्द हुँदा केही विमान डाइभर्ट भएका र बिहान सवा ८ बजेदेखि विमानस्थल फेरि सूचारु गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको हो ।

दमकलको सहायतामा आगो निभाइएको छ भने विमानलाई पनि रनवेबाट पार्किङमा लगिएको छ ।

विमानमा सवार सबै यात्रु भने सकुशल रहेका रहेका थिए ।

ल्यान्ड गर्ने क्रममा राइटसाइडका ह्विलहरूमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन ।

विमानमा आगो लागेपछि सबै यात्रुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो। विमानमा चार जना बालबालिकासहित २७७ जना यात्रु सवार थिए। जसमा ११ जना चालक दलका सदस्य हुन् ।

  • २८ बैशाख २०८३, सोमबार १०:०३ प्रकाशित