घाँस काट्न गएका बेला चट्याङ लागेर एक वृद्धको ज्यान गयो

केन्द्रभाग मिडिया

काभ्रेपलाञ्चोक ।

सिन्धुलीमा शनिबार साँझ चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–४ पाखाभित्ता बस्ने वर्ष ७० को पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

मकै बारीमा घाँस काट्न गएका बुढाथोकी बोल्न नसक्ने गरी ढलिरहेको अवस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले घाइते अवस्थामा उद्धार गरी उपचारको लागि नगर अस्पताल सिर्थौली पठाएकोमा अस्पतालको चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

  • २७ बैशाख २०८३, आईतवार ११:०७ प्रकाशित