काठमाडौं ।
कम्बोडियामा रहेका २११ जना नेपाली थाइल्यान्डस्थित बैंककमा रहेको नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।दूतावासले जारी गरेको सूचनामा कम्बोडियामा अवैध रुपमा रहेका २११ जनाले स्वदेश फर्काइदिन आग्रह गर्दै सम्पर्कमा आएको उल्लेख छ ।
‘यस राजदूतावासले कम्बोडियामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने उद्देश्यले अनलाइन फाराम भर्न अनुरोध गरेअनुसार हालसम्म २११ जना नेपालीहरूले उक्त फाराम भर्नुभएको छ, जसमा ९ जना महिला रहेका छन्,’ दूतावासको सूचनामा उल्लेख छ ।
दूतावासका अनुसार सम्पर्कमा आएका २११ जना नेपालीहरू सन् २०२२ मे महिनादेखि २०२६ मे महिनासम्म कम्बोडिया पुगेकाहरू छन् ।दूतावासले २७ जना नेपालीहरू विभिन्न अभियोगमा पुर्पक्षका लागि कम्बोडियाका विभिन्न कारागारमा थुनामा रहेको उल्लेख गरेको छ ।
पुर्पक्षको प्रक्रियाका क्रममा स्थानीय भाषा जान्ने वकिल आवश्यक पर्न सक्ने दूतावासले भनेको छ । दूतावाले २५ जना नेपालीहरू आज नेपाल फर्किरहेको पनि जानकारी दिएको छ ।
‘













