काठमाडौं ।
प्रधानन्यायाधीश सिफारिसमा वरीयता मिचिएको भन्दै सर्वोच्चमा रिट दायर भएको छ ।
संवैधानिक परिषद् द्वारा हिजो चौथो वरीयतामा रहेको न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस प्रथम दृष्टि मै संविधानको आधारभूत परिकल्पना विपरीत रहेको र यसले न्यायिक स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हुने जिकिर गर्दै रिट पेस गरेका हुन् ।
न्यायपालिकालाई कार्यपालिकाको मातहतमा ल्याउन खोजेकोले सोलाई बदर गरी पहिलो वरीयतालाई सिफारिस गर्नु भनी परमादेशको माग गर्दै रिट पेस गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिएका छन् ।












