काठमाडौं ।
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानले अर्को मुद्दा दायर गरेको छ ।
अख्तियारले कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।अख्तियारले बिहीबार कार्कीविरुद्ध विशेष अदालतमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध ३ अर्ब भन्दा बढी विगो मागदाबी भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध मुद्दा दायर भएको हो ।













