जिसस कास्कीद्वारा रुग्ण र अधुरा आयोजनालाइ प्राथमिकता दिन सरकारलाई आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीले जिल्लामा सञ्चालित बहुवर्षीय अधुरा र रुग्ण आयोजनालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम र बजेटमा ती आयोजनालाई समावेश गर्न जिसस कास्कीले सरकारलाई आग्रह गरेको हो ।

समितिको मंगलबार सम्पन्न ४८ औ बैठकले विगतका सरकारका वार्षिक बजेटमा परेर पनि सम्पन्न हुन नसकेका करिब दुइ दर्जन आयोजनाका लागि रकम विनियोजन गरेर यथाशिघ्र निर्माण कार्य अगाडी बढाउन सिफारिस गर्ने निर्णय गरेको प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।

पर्याप्त रकम अभाबवका कारण समयमा सम्पन्न हुन् नसकेका,निर्माण कम्पनीको लापरबाही तथा अन्य कारणको पहिचान सहित नेपाल सरकारलार्इ सिफारिस गरिएको प्रमुख पौडेलको भनाइ छ । निर्माण तिब्र बनाउन सिफारिस गरिएका आयोजनाहरूमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको भवन निर्माण आयोजना , प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको निर्माण योजना, सराङकोट स्वास्थ्य चौकी भवन ,भगरा कृषि सडक मोटरबाटो निर्माणका योजना रहेका छन्।

त्यसैगरी पूल सेक्टर पोखरा कार्यालय मातहत सञ्चालित आयोजनाहरू मध्ये आर्थिक वर्ष २०७४-७५ को सेती नदि माथिको बगर र फूलबारी जोड्ने पूल, पोखरा ३० र ३३ जोड्ने मुसेटूडा पावर हाउसको पूल निर्माणमा ढिला सुस्तिका कारण सहित शहरी विकास मन्त्रालयलाई लेखि पठाइएको बताइएको छ ।

पोखरा २१ र १७ जोड्ने दम्सादी पूल, पोखरा १३ र २८ जोड्ने कसेरिमा निर्माणाधीन विजयपूर खोला पूल ,कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको मोदी गाउँपालिका जोड्ने भुरुङदी पूल, पोखरा २५ र १९ जोड्ने जिर्ण सेती दोबिल्ला घाटको पूल, पोखरा ४ र ५ जोड्ने फिर्के खोला पूल सहितका आयोजनाको काम तत्काल अगाडी बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।

मुग्लिन पोखरा सडक स्तररोन्नतीको बाँकि काम सहित सेती नदीमाथिको पूल आयोजनाको कार्य र मध्य पाहाडी लोकमार्गको कास्की खण्डको बाँकी काम, सोहि राजमार्गको लमजुङ र कास्कीको सिमानामा ट्रयाक खोलेर कार्य अगाडी बढाउन आग्रह गरिएको छ ।

यसैगरी पोखरामा नियमित अन्तराष्ट्रीष्ट्रिय हवाई उडान सञ्चालन गर्न महेन्द्रनगर र नेपालगञ्जबाट पोखरालाइ जोड्ने गरेर हवाई मार्गको पहुच बिस्तार गर्न आवश्यक कुटनीतिक पहल गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ ।

  • २२ बैशाख २०८३, मंगलवार १७:१२ प्रकाशित