पोखरा ।
स्याङ्जामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरि ओसारपसार गर्ने २ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जा पुतलिबजार नगरपालिका वडा नम्बर १३ पौडी खोलाबाट अवैध रुपमा ढुंगा उत्खनन गरेको आरोपमा लु.३ ट ८८०१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
इस्तै सोही नगरपालिका वडा ४ फुलबारीबाट चोकर र गिट्टी उत्खनन् गरि ओसारपसार गरेको आरोपमा ग १ त ३७३९ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि पुतलीबजार नगरपालिका कार्यालय स्याङ्जा पठाइएको प्रहरीले बताएको छ ।













