स्याङ्जा ।
स्याङ्जामा चट्याङ लागेर एक जनाको ज्यान गुमेको छ । शुक्रबार साँझ स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्बर२ श्रीडाँडाका २० वर्षीय मिलन विकको घरमै बसिरहेका बेला चट्याङ लागेर ज्यान गुमेको हो ।
उनलाई चट्याङ लागेपछि उपचारका लागि स्याङ्जाको पुतलीबजार स्थित प्रदेश अस्पताल लगिएकोमा उपचारको क्रममा शनिबार विहान १ः२० बजे ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए ।
उनका अनुसार चट्याङ लागेर अर्का एक जना घाइते भएका छन् भने ५५० वटा कुखुरा मरेका छन् । घाइते हुनेमा हरिनास गाउँपालिका ४ सारुथर बस्ने ५८ वर्षीय खिमबहादुर गुरुङ रहेका छन् । उनको तनहुँ स्थित सेतिगंगा अस्पतालमा उपचार भएको छ । हरिनास ४ का तेजबहादुर थापाले सञ्चालन गरेको कुखुरा फर्ममा रहेका ५५० वटा कुखुरा मरेका हुन् भने कुखुरा फर्म पूर्णरुपमा नस्ट भएको छ ।













