वृद्धाश्रमका जोष्ठ नागरिकसंगै मनाए पाण्डे जोडीले वैवाहिक वर्षगाँठ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराका पत्रकार घनश्याम पाण्यडे र उनका धर्मपत्नी जानुका पाण्डले आफ्नो वैवाहिक जीवनको २५ औं बर्षगाँठ पोखरा वृद्धाश्रमका जोष्ठ नागरिकसंग मनाएका छन् । व्यक्तिगत खुशीलाई समाजिक उत्तरदायित्वसंग जोड्दै उनीहरुले पोखरा वृद्धाश्रमका जोष्ठ नागरिकलाई भाजन गराएर वैवाहिक वर्षगाँठ मनाएका हुन् ।

समाजका विपन्न, असहाय तथा अपहेलित अवस्थामा रहेका ५० जना जेष्ठ नागरिकका लागि बिहानको खानाको व्यवस्था गरेका हुन् । जीवनको उत्तरार्धमा सहारा र अपनत्वको खोजीमा रहेका जेष्ठ नागरिकहरुसंग समय विताउँदै उनीहरुको सेवा गर्नुले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले बताए ।

पत्रकार पाण्डेको यो पहलले व्यक्तिगत खुशीलाई समाजसंग बाँड्ने संस्कारको विकासको संकेत भएको अध्यक्ष पराजुलीको भनाई थियो । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले यस्ता उदाहरणीय कार्यले समाजमा सहयोग, सहानुभूति र मानवियताको भावना प्रवद्र्धन गर्न समहत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

वृद्धाश्रम आश्रित जेष्ठनागरिकलाई कृयाशिल बनाउन तरकारी खेतीतर्पm आकर्षण बढाउनु पर्ने बताउँदै उनले त्यस्का लागि कृषि महाशाखाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । जानकी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले सवैको सानो सहयोगले वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ले विश्वास व्यक्त गर्दै पछिल्लो समय दुःख सुखका अवसरमा सामाजिक सेवामा समर्पित हुने क्रम बढेको जानकारी दिए ।

पत्रकार पाण्डेले पारिवारीक सल्लाह अनुसारनै पोखरा वृद्धाश्रममा आप्mनो वैवाहिक जीवनको वर्षगाँठ मनाउन पाउँदै अन्यत्तै खुशी लागेको बताउँदै आवश्यक पर्दा भोलीका दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

  • ११ बैशाख २०८३, शुक्रबार १०:५५ प्रकाशित