महान्यायाधिवक्ता विरुद्धको रिट निवेदनमा सर्वोच्चमा सुनुवाइ सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

योग्यता नपुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गरिएको दाबी सहित पेस भएका तीन फरक रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासमा तीन फरक रिट निवेदनमाथि एकसाथ सुनुवाइ भइरहेको हो । अधिवक्ता माधव बस्नेत, शिवराज बरालसहित आठ जना तथा अधिवक्ता दिपकराज जोशीसहित पाँच जनाले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दिएका थिए ।

उनीहरूले पेस गरेको रिट निवेदन सुरुमा सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार ९दरपीठ० गरेको थियो । पछि एकल इजलासकै आदेशबाट दरपीठ आदेश बदर भई रिट निवेदनहरू दर्ता भएका हुन् ।

सर्वोच्च अदालतको न्यायाधीश सरहको पद मानिने महान्यायाधिवक्ताका लागि निरन्तर १५ वर्ष वकालत गरेको हुनुपर्छ ।

महान्यायाधीवक्ता डा। नारायणदत्त कँडेल लामो समय बेलायत बसेर व्यवसाय गरेको र उनको निरन्तर १५ वर्ष वकालतको अनुभव नपुग्ने भन्दै रिट निवेदनहरूमा उनलाई पदमुक्त गर्न माग राखिएको छ ।

  • १० बैशाख २०८३, बिहीबार १३:५९ प्रकाशित