म्याग्दीमा भीरबाट लडेर १ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

Symbolic picture

म्याग्दी ।

म्याग्दीमा भीरबाट लडेर १ जनाको ज्यान गएको छ । बेनी नगरपालिका ३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भीरबाट लडेर २० वर्षीय सुदिप किसानको ज्यान गएको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । मंगलबार राती वनमा पुगेका उनको लडेर मृत्यु भएको म्याग्दी प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीमा राखिएको छ ।

  • ९ बैशाख २०८३, बुधबार १४:१६ प्रकाशित