स्याङ्जामा अवैध रुपमा गिट्टी बालुवा ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गरि ओसारपसार गरिरहेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विरुवा गाउँपालिका वडा नम्बर ६ चिन्नेबासस्थित ज्याग्दिखोलाबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन गरेको आरोपमा ग १ क ७१५२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि विरुवा गाउँपालिका कार्यालय स्याङ्जा पठाइएको प्रहरीले बताएको छ ।

  • ४ बैशाख २०८३, शुक्रबार १४:५८ प्रकाशित