पोखरा ।
स्याङ्जामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गरि ओसारपसार गरिरहेको टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आँधीखोला गाउँपालिका वडा नम्बर ३ सरादिखोलाबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन गरेको आरोपमा ग १ क ६५३४ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि आँधिखोला गाउँपालिका कार्यालय स्याङ्जा पठाइएको प्रहरीले बताएको छ ।












