हत्या गरेर जंगलमा फालिएको अवस्थामा दुई शव भेटियो

केन्द्रभाग मिडिया

बुटवल ।

रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा हत्या गरेर फालिएको अवस्थामा दुई शव फेला परेको छ । जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको हो ।

एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो ।शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहले जनाएको छ।

शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।शव भेटिएको स्थान रक्ताम्य रहेकोले कसैले हत्या गरेर शव बेवारिसे छाडेको हुन सक्ने स्थानीयको भनाइ छ ।

  • ११ माघ २०७८, मंगलवार १६:२७ प्रकाशित