पोखरा ।
पोखरा महानगरपालिका वडा नं.४ मा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिवार एक कार्यक्रमका बिच मन्टेश्वरी तर्फको प्रिटु का विद्यार्थी अभिभावकको उपस्थितिमा दिक्षित भएका छन् ।
सत्रौँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले हरेक वर्ष मन्टेश्वरी तहको पढाइ सकेर कक्षा एकको प्रवेशलाई विशेष कार्यक्रमको आयोजना गरेरै यसरी विद्यार्थीलाई दिक्षित गराइँदै आएको जानकारी दिए ।
यो अब कुमुदिनीको संस्कार नै बनिसकेको भन्दै उनले संस्कार र संस्कृतिलाई विद्यालयले सधैं केन्द्रमा राखी शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाइरहेको बताए । उनले हरेक आइतवार प्राइमरी तहसम्मका विद्यार्थीहरूलाई आ–आफ्ना जातिय पोशाकमा विद्यालय आइरहेको कुरा व्यक्त गरे । विद्यालयका राम्राभन्दा पनि कमीकमजोरीलाई औँल्याएर समयमै रचनात्मक सुझाव दिन अभिभावकहरूलाई विशेष आग्रह गरे ।
कार्यक्रममा प्रि–टु का विद्यार्थीहरूले विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्टेश्वरी इन्चार्ज अमृता आलेले स्वगत गरेकी हुन् भने प्राइमरी इन्चार्ज कुसुम गुरुङ, दिक्षित हुने प्रि–टु का विद्यार्थीहरूका तर्फबाट आराध्या गुप्ता र अभिभावकहरूका तर्फबाट प्रभात लामिछानेले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम शिक्षिका निलम प्रधान (उदास)को सञ्चालनमा सम्पन्न भएको शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।













