सिद्धार्थ राजमार्गको सिद्धबाबामा आवागमन सुचारु गरियो

केन्द्रभाग मिडिया

पोखरा ।

सिद्धार्थ राजमार्गको आवागमन सुचारु गरिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानको सिद्धबाबा क्षेत्रमा ढुंगासहित पहिरो खस्न थालेपछि सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

विहान ८ः३० बजेदेखि रोकिएको आवागमन दिउँसो १ बजेपछि सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमप्रकास चौधरीले जानकारी दिए ।

सडक खुलेसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

  • ७ चैत्र २०८२, शनिबार १४:२४ प्रकाशित