चीनले दिने २० लाख डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

चीन सरकारले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको उद्धार तथा राहतका लागि नेपाललाई २० लाख अमेरिकी डलर नगद अनुदान दिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारबाट प्राप्त हुने उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भोटेकोशी बाढीबाट प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि चीनबाट प्राप्त हुने अनुदान स्वीकार गरिएको जानकारी दिए ।

  • ४ मंसिर २०८३, शुक्रबार १३:०४ प्रकाशित