काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपामा पुस्तान्तरण र रूपान्तरण आवश्यक रहेको बताए ।
पार्टीमा तीन पुस्ताको प्रतिनिधित्व रहेको उल्लेख गर्दै उनले सबै पुस्ताको साथ र सहयोग आवश्यक रहेको धारणा राखे । युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिँदै उनले पुस्तान्तरण हुन नसके पार्टी नाममा मात्रै सीमित हुन सक्ने बताए ।
उनले पार्टीका शीर्ष नेताहरूको योगदान र विचारको सम्मान गर्दै उनीहरूको सुझावसहित युवालाई अघि बढाउनुपर्ने बताए । राप्रपाको महाधिवेशन मंसिर अन्तिम साता हुँदैछ ।













