निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोग पुग्दैं शीर्ष नेताहरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले आसन्न निर्वाचनबारे प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछ । आयोगले स्थानीय तहको निर्वाचनको तयारीस्वरूप राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सभापति र अध्यक्षहरूसँग छलफल गर्न लागेको हो ।

उक्त छलफलमा सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने ती दलका नेताहरूले बताएका छन् ।

निर्वाचन आयोगले प्रदेश तथा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा अलग अलग गर्ने भन्ने बारेमा दलहरूको धारणा बुझ्न प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्न लागेको हो । बैठकमा नेताहरू पुग्ने क्रम जारी रहेको छ ।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थानीय तहको निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा दलहरूसँग परामर्श गर्न लागिएको हो ।

  • ४ मंसिर २०८३, शुक्रबार १२:२३ प्रकाशित