इरान युद्धमा ज्यान गुमाउनेको संख्या ३१०० नाघ्यो

केन्द्रभाग मिडिया

तेहरान ।

इरानमा गत फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १०० नाघेको एक मानवअधिकार संस्थाले जनाएको छ । अमेरिकास्थित मानव अधिकारकर्मी समाचार एजेन्सी (एचआरएएनए) का अनुसार हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १८६ पुगेको छ ।

संस्थाले सार्वजनिक गरेको विवरणअनुसार ज्यान गुमाउनेमध्ये १ हजार ३९४ सर्वसाधारण रहेका छन्, जसमा कम्तीमा २१० बालबालिका पनि समावेश छन् । त्यसैगरी १ हजार १५३ जनालाई सैनिकको रूपमा वर्गीकृत गरिएको छ भने ६३९ जनाको मृत्युको प्रकृति अझै स्पष्ट हुन सकेको छैन ।

द्वन्द्व सुरु भएयता एचआरएएनएले निरन्तर रूपमा मानवीय क्षतिको विवरण अद्यावधिक गर्दै आएको छ । बढ्दो हिंसासँगै सर्वसाधारणको ज्यान जाने क्रम तीव्र बनेको भन्दै मानवअधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । एजेन्सी

  • ६ चैत्र २०८२, शुक्रबार १५:४४ प्रकाशित