काठमाडौं ।
नाइजेरियामा भएका श्रृंखलाबद्ध भीषण हमलमा २३ जनाको ज्यान गएको छ भने, एक सय भन्दा मानिस घाइते भएका छन् । मंगलबार उत्तर–पूर्वी नाइजेरियाको मैदगुरी सहरमा भएका श्रृंखलाबद्ध विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था अलजजिराले जनाएको छ ।
स्थानीय प्रहरीका अनुसार ती विष्फोटहरू आत्मघाती हुनसक्ने भनिएको छ । यस्तै प्रहरी तीन वटा स्थानमा राखिएका बम भने निष्क्रिय पारेको छ ।
विष्फोटहरू युनिभर्सिटी अफ मैदगुरी टिचिङ हस्पिटलको गेट, स्थानीय बजार र पोस्ट अफिसबाहिर भएको भनिएको छ ।यस अघि सैन्य केन्द्रमा भएको आक्रमण र डिसेम्बरमा मस्जिदमा भएको बम विष्फोट र आक्रमणहरूले सहर अशान्त बनेको छ ।
बोको हराम र प्रतिद्वन्द्वी जिहादी समूह इस्लामिक स्टेटले वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) का लडाकुहरूले हालै उत्तरपूर्वी नाइजेरियामा आक्रमण बढाएको जनाइएको छ ।













